Skip to content
Shikhar Insurance
National Life

समय नै यस्तै भयो, बैंकिङ क्षेत्रको ग्रोथमा प्रेसर पर्ने देखिन्छ

Hyundai
NCELL
NIMB

अहिले विश्व अर्थतन्त्रमा देखा परेका परिदृश्य, त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर गरेर मौद्रिक नीति आएको छ । संसारभर ब्याजदर र मुद्रा स्फिति बढिरहेका छन् । नेपालमा पनि विदेशी मुद्राको सञ्चितिमा चाप परिरहेको छ । सात महिनाका लागि आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति गर्ने भनेर परिकल्पना गरिएको छ । मौद्रिक नीतिले डिमाण्ड साइटलाई कन्ट्रोल गरेर जाने योजना अघि सारेको देखियो । यो पोलिसीले ‘मिडियम टर्म’मा अर्थतन्त्रलाई केहि राम्रो गर्नेछ ।

१२.६ प्रतिशतको कर्जाको वृद्धि दर भनिएको छ, बैंक रेट वृद्धि भएको छ, सिआरआर वृद्धि भएको छ, यसले तरलतामा थप चाप पर्ने देखिन्छ । बैंकिङ क्षेत्रको ग्रोथ अहिलेको लेभलमा भन्दा पनि प्रेसरमै हुन्छ । ब्याजदर बढ्ने सम्भावना प्रष्टै देखिन्छ । डिबेञ्चरलाई एक वर्षसम्म निरन्रता दिने, काउन्टर साइक्लिकल बफरलाई अर्काे सालबाट मात्रै लगाउने भन्ने कुरा आएका छन् । ग्रीन बण्ड, डिजिटाइजेशन भन्ने कुरा थप राम्रा छन् । विदेशबाट पैसा ल्याउन बैंकहरुले पहल गरिरहेका थिए, बैंकहरुले हेजिङको अपेक्षा गरेका थियौं । त्यसमा केहि आएन् । ब्याजदरका विस्तृत विषय एकिकृत निर्देशनबाट आउला ।

तर ब्याजदर माथि जाने, ऋणको ग्रोथ कन्ट्रोल हुने देखियो, त्यसले बैंकहरु ग्रोथलाई केहि संकुचन गर्छ । परिस्थितिले नै यो भन्दा धेरै फरक खालको मौद्रिक नीतिको अपेक्षा गरिएको थिएन् । सुरुका दुई चार महिना बैंकहरुले टाइट रुपले काम गर्नुपर्ने अवस्था आउँछ ।(नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका सिईओ केसीसँग गरिएको कुरानीको सम्पादित अंश)

 

GBIME

प्रतिक्रिया दिनुहोस्