Skip to content
Shikhar Insurance
National Life

सबैको लघुवित्तको सातौँ बार्षिक साधारण सभा फागुन १९ गते

Hyundai
NCELL
NIMB

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ बार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार फागुन १९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

सबैको लघुवित्त वित्तीय संस्था लि र साधना लघुवित्त वित्तीय संस्था लि आपसमा गाभिने प्रयोजनको लागि गरिएको समझदारीपत्र संयुक्त मर्जर समिति गठन, दुबै वित्तीय संस्थाको व्यवसायिक योजना तथा प्रक्षेपण, चल अचल सम्पत्तिको मूल्यांकन गर्न संयुक्त मर्जर समितिको निर्णयबाट लेखापरिक्षकलाई गरेको नियुक्त तथा निजको पारिश्रमिक अनुमोदन गर्ने सभाको बिशेष प्रस्ताव रहेको छ । मर्जर पश्चात् नेपाल राष्ट्र बैंकको स्वीकृति लिइ वित्तीउ संस्थाको रजिष्टर्ड चितवन जिल्लामा स्थानान्तरण गर्नका लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

साथै, भविष्यमा अन्य कुनै लघुवित्त संस्था प्राप्त गर्न प्रयोजनार्थ उपयुक्त संस्थाहरुसँग प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने डिडिए गर्ने र प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रकृया सुरु गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने सम्बन्धमा छलफल गर्ने साधारण सभाको बिशेष प्रस्ताव रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्