Skip to content
Shikhar Insurance
National Life

सपोर्ट लघुवित्तले गर्याे कुल १३.६८ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो।

लघुवित्तको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३.६८४२ प्रतिशतका दरले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । जसमध्ये १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतका दरले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसाको नगद लाभांश रहेको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्