Skip to content
Shikhar Insurance
National Life

सन सेक्युरिटिज र स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखराबीच सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखराबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सन सेक्युरिटिज र पोखरा विश्वविद्यालय अन्तरगतको इन्स्योरेन्स पोखराबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सका तर्फबाट अध्यक्ष स्वस्तिका क्षेत्री र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका छन् । सम्झौता फागुन १६ गते एक कार्यक्रमका बीच सम्पन्न भएको हो । सन नलेज पाटनरसिप कार्यक्रम अन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकाय अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्ने भएको छ ।

साथै, धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्ने सम्झौतामा उल्लेख छ । यस सम्झौता अन्तरगत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश संकायका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।

सम्झौता कार्यक्रममा बिबिए तथा बिबिएबिआईमा अध्ययनरत करिब ७० जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्