Skip to content
Shikhar Insurance
National Life

सन सेक्युरिटिजले दियो सेयर बजार सम्बन्धी तालिम काठमाडौंका स्थानीयलाई

Hyundai
NCELL
NIMB

काठमाडौं । सन सेक्युरिटिज प्रालिे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज काठमाडौं महानगरपालिका वाड नं.०१ सँगको सहकार्यमा “सन विथ कम्युनिटि” कार्यक्रमको सुरुवात गरेको हाे ।

कम्पनीको कार्यालय नक्सालमा काठमाडौं महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरुलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत कम्पनीले वडा नं.०१ का स्थानीय वासिन्दाहरुलाई सेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरिएका हुन् ।

कार्यक्रममा वडा सचिव सर्वज्ञ राज पौडेलको प्रमुख आतिथ्य तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सन विथ कम्युनिटि कार्यक्रममा सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा सेयर बजारको वर्तमान अवस्था, सेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा ०१ भित्र वडाभित्र बसोबास गर्ने करिब ६० जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सवज्र्ञ राज पौडेलले सन सेक्युरिटिजले काठमाडांै महानगरपालिका ०१ भित्र समुदायलाई लाभ हुने गरी सञ्चालित यस प्रकारको कार्यक्रमबाट ०१ नं. वडा बासीहरु लाभान्वित हुने बताए । साथै सेयरबजारमा लगानीगरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष तथा सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज प्रालिले यस काठमाडांै महानगरपालिका वार्ड नं. ०१ भित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण ०१ नं. वडाका बासिन्दाहरुले पाउन सकुन भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए ।

उनले कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने बताए । यसबाहेक पनि सम्पूर्ण वडा नं. १ बासी स्थानीयहरुले सन सेक्युरिटिजको कार्यालयमा कार्यालय समयभित्र आई सेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरु राख्नसक्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्