Skip to content
Shikhar Insurance
National Life

सन नेपाल लाइफले गर्याे २५.०५ प्रतिशत लाभांश पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई २५.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले जेठ ९ गते अमृतभोग केटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको ७ औँ वार्षिक साधारण सभामार्फत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको हाल कायम रहेको चुक्ता पूँजीको २३.८० प्रतिशत वोनस सेयर र (कर सहित) प्रयोजनार्थ १.२५२६ प्रतिशत गरी कुल २५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको कम्पनीले जनाएको छ । सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ जना सञ्चालक स्नेहा शर्माको निर्वाचन गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित(एनएफआरएस)को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण पारित भएको छ ।

वोनस सेयर जारी गर्दा चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख मात्र कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभाबाट पारित भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ ।

कम्पनीका अध्यक्षबाट कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा कयखिभलअथ कायम रहेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिवद्घ रहेको बन्ने दिशामा कार्यरत रहेको जानकारी गराउँदै आगामी दिनमा आर्थिक क्रियाकलापसँगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास प्रकट गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्