काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । नाबालिका बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका लामिछानेलाई उच्च अदालतले धरौटीमा छाड्न भनेको हो । लामिछानेलाई बिदेश जान भने रोक लगाइएको छ । बलात्कार आरोपमा प्रहरीले उजुरी लिएपछि क्यानले लामिछानेलाई राष्ट्रिय क्रीकेट टिमको क्याप्टेनबाट हटाएको थियो ।
सन्दिप लामिछानेलाई २०लाख धरौटीमा रिहा गर्न आदेश, बिदेश जान नपाउने

प्रतिक्रिया दिनुहोस्