Skip to content
Shikhar Insurance
National Life

सन्तुलित मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने अपेक्षा छः अध्यक्ष केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति सन्तुलित रुपले आएको र त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक बर्षको मौद्रिक नीतिमाथि प्रतिक्रिया जनाउँदै एनएमबि बैंकका सीईओ समेत रहेका संघका अध्यक्ष केसीले घर जग्गा कर्जा, सेयर धितो कर्जा, हायर पर्चेज कर्जाको पुनरावलोकन गर्ने व्यवस्थाले बजारमा केहि उत्साह भर्ने अपेक्षा व्यक्त गरे ।

केसीले घर जग्गा खरिदका लागि २ करोडसम्म ऋण दिने, ५० लाखसम्मका सेयर धितो कर्जाको जोखिम भार घटाउने नीतिले अर्थतन्त्रमा केहि गति थप्ने बताए ।  चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने व्यवस्थाले निजी क्षेत्रको मुल मागलाई सम्बोधन गर्ने प्रयास गरेको र त्यसले पनि व्यवसायीहरुमा उत्साह भर्ने उनको बुझाई छ । अध्यक्ष केसीले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन चाँडो पुनरावलोकन गर्न सकिए त्यसले थप सहजता ल्याउने पनि बताए ।

मौद्रिक नीतिमा अघि सारिएका यी प्रावधानहरुले बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी वृद्धि गर्न र बजारमा कर्जाको माग बढाउन सहयोग गर्ने उनले बताए । ‘अन्तराष्ट्रिय आर्थिक परिदृश्य, सरकारले बजेटमा निर्धारण गरेको आर्थिक वृद्धि र मुद्रास्फितिको लक्ष्य, बजारको माग र आवश्यकता, वित्तिय स्थायीत्वका लागि चालिनुपर्ने कदमहरुलाई ध्यानमा राखेर सन्तुलित प्रकृतिको मौद्रिक नीति आएको छ, यसले अर्थतन्त्रलाई गतिशिल एंव चलायमान बनाउन सहयोग गर्छ’, संघका अध्यक्ष केसीले सिंहदबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्