Skip to content
Shikhar Insurance
National Life

सनी सेक्युरिटिजद्वारा इन्फोम्याक्स कलेजमा सेयर तालिम

Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत असार १२ गते मंगलबार पोखरास्थित इन्फोम्याक्स कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्टमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आइपिओमार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाइन सेयर कारोबारको महत्त्व र यसबारे विशेष जानकारी समेटिएकाले विद्यार्थीहरू लगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

साथै साइन्टिफिक बिजनेस हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकास गर्ने मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्युरिटिजप्रति आभार व्यक्त गरे ।

तालिम साइन्टिफिक बिजनेस हवको सहकार्यमा सम्पन्न भएको थियो । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिमका बीच दोस्रो बजारमा कारोबार गर्नुपरेको बताए । अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्युरिटिजको पहलमा सेयर बजारसम्बन्धी जागरूक र जनचेतनामूलक तालिमहरू देश व्यापीरूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक बिजनेस हवअन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्