Skip to content
Shikhar Insurance
National Life

सनराइज बैंकद्वारा ३५ महिलालाई दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम

Hyundai
NCELL
NIMB

काठमाडौं। सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत साे कार्यक्रम आयोजना गरेको बताएको छ।

स्थानीय तहमा सुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यले साे कार्यक्रम आयोजना गरेको बैंकले बताएको छ।

जेठ ८ गते साेमबारदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाको सहभागितामा पाँच दिने दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रमा प्रमुख अतिथी वीरेन्द्रनगर-२ का कार्यवहाक वडाअध्यक्ष गजबहादुर बुढा, विशिष्ट अतिथि सनराइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्मकुमार विष्ट, बैंकका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख सुष्मा गिरीको उपस्थिति थियो।

पाँच दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए। बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत महिलाहरूलाई विभिन्न सीपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको बैंकले बताएको छ।

सीपमूलक तालिमले महिला कृषकहरूमा दुग्ध पदार्थको उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यवसायिक क्षमतामा वृद्धि गर्ने बैंकले विश्वास लिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्