Skip to content
Shikhar Insurance
National Life

सनराइज बैंकद्वारा २० जनालाई कृतिम अंग प्रदान गर्न २ लाख ७५ हजार सहयाेग

Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशको वीरगन्जमा अंगभंग भएका २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब, वीरगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादवले सीआरएस प्रमुख सुमन थापा तथा बैंकका वीरगन्ज शाखा प्रमुख केदार सिंहको उपस्थितिमा रोटरीका कार्यक्रम संयोजक डा.श्वाश्वत प्रसादलाई २ लाख ७५ हजार रूपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजनाअनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निःशुल्कसमेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुसी हुँदै सन्राइज बैंकलाई धन्यवदसमेत ज्ञापन गरेका थिए ।

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरि स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम, वित्तीय साक्षयरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्