Skip to content
Shikhar Insurance
National Life

सनराइज फोकस्ड इक्विटीको आजदेखि १२ करोड इकाई बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज क्यापिटलले आज (माघ १० गते) देखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

क्यापिटलले निष्काशन गरेको कुल इकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड ८० इकाई कोष प्रबर्द्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ भने बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्री खुल्ला गरेको हो ।

सो इकाईको निष्काशन बन्द छिटोमा माघ १३ गते हुनेछ भने, सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २४ गतेसम्म लम्बिनेछ।

उक्त इकाईका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिन सक्नेछन् । भने, अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो। योजनाको कुल आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

यस निष्काशनमा न्यूनतम ६ करोड इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ।

यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ। त्यसपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्