Skip to content
Shikhar Insurance
National Life

सकियो कुलमानको स्टन्ट- ६ वटै उद्योगमा विद्युत जडान गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गलेका छन् । उद्योगीहरुले विद्युत महसुल नतिरेको भन्दै चर्चा कमाउन काटेको लाइन पुन जडान गर्ने भएका हुन् । कुलमानको यो पहिलो पटकको स्टन्ट भने होइन । उनले पटक-पटक विद्युत काट्दै जोड्दै गरेका छन् ।

पछिल्लो पटक विद्युत नियमन आयोगको पत्र आएपछि कुलमानले सोमबार (साउन ७ गते) बोर्ड बैठक राखेका थिए । बोर्ड बैठकमा उर्जा मन्त्री दिपक खड्काले कुलमान घिसिङलाई उद्योगमा विद्युत जडान गर्न निर्देशन दिएका थिए ।

सोमबार कुलमानले मन्त्री खड्काको निर्देशन अटेर गर्दै निर्णय गर्न मानेका थिएनन । उनले शुक्रबार (साउन ४ गते) प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन समेत अटेरी गरेका थिए । मंगलबार प्राधिकरण बोर्ड बैठकले तीन महिनाभित्र बक्यौता महसुल तिर्ने सर्तमा विद्युत कटौति गरेको सबै उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक घिसिङले चर्चा कमाउन स्टन्ट गर्ने गरेको प्राधिकरणका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘घिसिङ सरले चर्चाका लागि अनावश्यक बखेडा झिक्नुहुन्छ, यदी उद्योगीलाई पैसा तिराउन मन थियो भने, समझ्दारीमै प्रमाण दिएर बिल काटी पैसा तिराउनु पर्छ, यदि कर्मचारीले प्रमाण नष्ट गरेको हो भने जसले नष्ट गरेको छ, उसलाई कारबाही गर्नुपर्छ, तर उहाँले भोलीको राजनितिलाई अनुमान गरेर चर्चा कमाउनका लागि लाइन काटेको बुझियो, सायद उहाँकव यो अन्तिम स्टन्ट होला।’

बोर्डको सो निर्णयमा २ जना सदस्यले भने नोट अफ डिसेन्ट लेखेका छन् । बोर्ड सदस्यहरु भक्त बहादुर पुन र कपिल आचार्यले बोर्डमा फरक मत राखेका हुन् । उनीहरुले विद्युत नियमन आयोगको पत्रले मन्त्रिपरिषदको निर्णयलाई काट्न नसक्ने तर्क गर्दै आएका छन् ।

प्राधिकरण बोर्डमा उर्जा मन्त्री दीपक खड्का,  राजस्व सचिव डा. रामप्रसाद घिमिरे, उर्जा सचिव सरिता दवाडी, भक्त बहादुर पुन, कपिल आचार्य, भरतराज आचार्य, रतन बहादुर अयर र कुलमान घिसिङ छन् ।

विद्युत् काटिएका ६ वटा उद्योगमा आज साँझबाट क्रमिक रुपमा लाइन जडान गरिने जनाइएको छ । उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्