Skip to content
Shikhar Insurance
National Life

संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनित

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नाम मनोनित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेको थियो। बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवाधिकार, कृषि, सहकारी तथा प्राृकतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहने सदस्यका नाम मनोनित गरिएको छ ।

बैठकमा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्