Skip to content
Shikhar Insurance
National Life

संगठन दर्ता गर्नै नदिएपछि थापाथली इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी

Hyundai
NCELL
NIMB

काठमाडौं । राजधानीको थापाथली इञ्जिनियरिङ क्याम्पसमा नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ ।

अखिलले क्याम्पसको निर्वाचन समितिले जालझेलपूर्ण ढंगले संगठन दर्ता गर्न नदिइएको आरोप लगाउँदै तालाबन्दी गरेको हो ।

संगठनका उपमहासचिव अशोक थापाले संगठन दर्ताका लागि जाँदा निर्वाचन समितिले जालझेल गरेर समय सकिने बेलासम्म पर्खाएको र पछि समय सकियो भनेर दर्ता गर्न नदिइएको आरोप लगाए ।

‘हाम्रा साथीहरु संगठन दर्ता गर्नका लागि तयारी अवस्थामा थिए, लाइन बसिसक्दा पनि क्याम्पसको निर्वाचन समितिले जालझेलपूर्ण ढंगले हुन्छ हुन्छ भनेको पछि समय सकियो हुदैन भनेर दर्ता गर्न दिइएन’, थापाले आक्रोशित हुँदै भने ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्