Skip to content
Shikhar Insurance
National Life

संक्रमितको उपचारमा सक्रिय महासचिव खड्काले निशुल्क दिए अक्सिजन कन्सटेक्टर

Hyundai
NCELL
NIMB

काठमाडौं । निर्यात व्यावसायी महासंघका महासचिव अमृत खड्काले आम जनता विपद्मा परेका बेला सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् । कोरोना संक्रमितको उपचार सहजताका लागि ललितपुरका विभिन्न अस्पतालमा २५ वटा अक्सिजन कन्सटेक्टर उपकरण निशुल्क वितरण गरेका छन् । उनले केही दिनभित्र थप ३० वटा कन्सटेक्टर वितरण गर्न लागिएको समेत जानकारी दिए ।

उद्योग व्यावसायमा लागेकाहरुले मुलुक विपद्मा पर्दा सक्दो सहयोग गर्नुपर्ने बताउँदै व्यावसायी खड्काले सेवा भन्दा अर्को ठुलो धर्म नभएको भन्दै दिर्घ रोगीहरुले प्रयोग गरेको अक्सिजन सिलिण्डर कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न सहज हुने भन्दै कन्सटेक्टर वितरण गरिएको जानकारी दिए । ललितपुरका मेघा र किस्ट अस्पतालमा उपचाररत दिर्घ रोगी र ज्यापु समाजलाई ५७ वटा कन्सटेक्टर निजी खर्चमा उपलब्ध गराउन लागिएको खड्काले जानकारी दिए । खड्काले उद्योगी व्यावसायीलाई आफ्नो नाफाको केही प्रतिशत रकम महामारी नियन्त्रणमा छुट्याउन आग्रह समेत गरेका छन् ।

महामारिका कारण सबैभन्दा बढी श्रमिक वर्ग समस्यामा परेको बताउँदै महासचिव खड्काले अनौपचारिक क्षेत्रका श्रमिकको संरक्षण हुनेगरी काम गर्न पनि सरोकारवाला निकायलाई आग्रह गरेका छन् । निर्यातजन्य उद्योगमा संलग्न श्रमिक महामारीको मारमा परेको बताउँदै महासचिव खड्काले निर्यात उद्योगलाई अत्यावश्यक क्षेत्र तोक्न पनि सरकारसँग माग गरेका छन् ।

महामारी नियन्त्रणका लागि भइरहेका प्रयासबीच पनि तत्काल संकट समाधानको अवस्था नदेखिएको भन्दै श्रम बजारको सुरक्षाका र श्रमिकको संरक्षणका लागि उदार बन्न उद्योग व्यावसायी र सरकारलाई अपिल समेत गरेका छन् । निर्यात् व्यावसायी महासंघ र आफ्नो व्यक्तिगत पहलमा समेत महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री र खाद्यान्न वितरण थालिएको जानकारी गराएका छन् । महामारिको कारमा परेका श्रमिकका लागि आवश्यक सहयोगको तयारी समेत भइरहेको खड्काले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्