Skip to content
Shikhar Insurance
National Life

श्रीलंकासँग पर्याप्त इन्धन छः मन्त्री

Hyundai
NCELL
NIMB

श्रीलंका । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलंकासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएका छन् ।

राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा एक लाख ३३ हजार ९३६ मेट्रिक टन डिजेल र छ हजार १९२ मेट्रिक टन सुपर डिजेल रहेको जानकारी दिए।

श्रीलंकासँग ३५ हजार ४०२ मेट्रिक टन ओक्टेन ९२, पाँच हजार ३६७ मेट्रिक टन अक्टेन ९५ पेट्रोल र ३० हजार १७३ मेट्रिक टन जेट इन्धन मौज्दात रहेको उक्त अवसरमा उनले बताए।

श्रीलंकाले आगामी महिना पुनः सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको छ, जुन यस वर्षको तेस्रो वृद्धि हो ।

विदेशी मौज्दातको अभावका कारण पर्याप्त मात्रामा इन्धन खरिद गर्न कठिनाइ भएपछि श्रीलङ्काले गत वर्ष इन्धन कोटा लागू गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्