Skip to content
Shikhar Insurance
National Life

श्रीलंकाले गर्यो अन्तर्राष्ट्रिय यात्रीहरूका लागि सीमा बन्द

Hyundai
NCELL
NIMB

एजेन्सी । श्रीलङ्काले १० दिनका लागि विदेशी यात्रुहरूको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड–१९ को सङ्क्रमण वृद्धिलाई रोन्ने वा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको यहाँको नागरिक उड्डयन प्राधिकरणले बिहीबार जानकारी गराएको छ ।

प्राधिकरणको विज्ञीप्तमा भनिएको छ, “कोभिड–१९देशको स्थिति नियन्त्रण गर्न एक श्रीलङ्काका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूले २१ मे को ११ः५९ मिनेटपछि ३१ मे सम्म कुनै पनि विदेशी यात्रुलाई ओसारपसार गर्न दिने छैनन् ।”

यद्यपि यदि कुनै मुलुकको विमान श्रीलंकाको एयरपोर्टबाट अवतरणको १२ घण्टा भित्र उडान गर्नेगरी प्रयोग गर्न चाहेमा यात्रुहरूको ट्रान्जिटका लागि भने उक्त देशका विमानस्थल खुला रहनेछन् । यसबाहेक श्रीलङ्काबाट अन्तर्राष्ट्रिय उडानहरू भर्न तथा कार्गो र मानवीय सहयोगका लागि आउने विमानहरूको आगमनलाई पनि अनुमति दिइएको छ ।

श्रीलंका कोभिड–१९ महामारीको तेस्रो लहरको सामना गरिरहेको छ । यहाँ हालसम्म एक लाख ५१ हजार व्यक्ति सङ्क्रमित भएका छन् जसमध्ये एक हजार ५१ जनाको मृत्यु भइसकेको छ ।

बुधवार श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा बढी तीन हजार ६२३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएपछि सरकारले यो कदम चालेको हो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्