Skip to content
Shikhar Insurance
National Life

श्रीमद्भाभागवतको नेपाली अनुवाद विमोचन गर्दै मनायो गीताप्रेसले शताव्दी वर्ष महोत्सव

Hyundai
NCELL
NIMB

काठमाडौं । श्रीमद्भाभागवत महापुराणको नेपाली अनुवाद विमोचन गरिएको छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधान तथा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महोत्सवका अवसरमा महापुराण नेपाली अनुवादको विमोचन गरिएको हो ।

गीताप्रेस शताव्दी वर्ष महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत २०८० बैशाख २० गते पूजा एवं प्रसाद वितरण गरियो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत अयुतचण्डी महायज्ञमा पाल्नु भएका पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानव मात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक दाताको सहयोगमा निःशुल्क वितरण गरियो ।

यसै अवसरमा २०८० साल बैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरियो । कार्यक्रमका अतिथि गीताप्रेस गोरखपुरका टष्ट्री देवी दयाल अग्रवालले गीताप्रेसको १०० वर्षको इतिहास र नेपालका लागि नेपाली भाषाको पुस्तकहरु छपाइमा गीताप्रेसको तर्फबाट भएका कार्य र आगामी दिनमा गरिने कार्यको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गीताप्रेस गोरखपुरका संचालक समितिका सदस्य रामनारायण चाण्डकको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरु एवं गीताप्रेस शताब्दी वर्ष आयोजनाको लागि सहयोग गर्ने सम्पूर्ण मानिसहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक ईश्वरी प्रसाद रिमालले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संचालन डा. वासुदेवकृष्ण शास्त्रीले गरेमन थिए ।

कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित विभिन्न धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृति विद्याश्रम, वाल्मीकी संस्कृत विद्यापिठ विद्याश्रम, मारवाडा समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्ध प्रतिष्ठित व्यक्तीहरु, विद्वत वर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्