Skip to content
Shikhar Insurance
National Life

श्रीनगर एग्रीटेकले सर्वसाधारणका लागि १० प्रतिशत आइपीओ जारी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लि. सुद्दोदन-४,रुपन्देही को दोस्रो बार्षिक साधारण सभा  २०८१ मंगसिर ३० गते बुटवल उपमहानगरपालिका,  रुपन्देहिमा सम्पन्न भएको छ।

साधारण सभाले संचालक समितिको अध्यक्षमा  सतिस चन्द श्रेष्ठ सहित  ५ जना  सदस्य रहने गरि ६ सदस्यीय संचालक समिति गठन गरेको छ ।

संचालन समिति सदस्यको रुपमा श्री मौशुमी श्रेष्ठ, कमल प्रसाद नेपाल, पोषक राज  पौडेल , राम कृष्ण खतिवडा र स्वतन्त्र सन्चालक सदस्यको रुपमा अमर बहादुर थिंगलाई निर्बिरोध निर्बाचित गरेको छ।

साधारण सभाले कम्पनिका अध्यक्षद्वारा प्रस्तुत श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लि. को बार्षिक प्रतिबेदन पारित गरेको छ। त्यसैगरी, कम्पनिको कूल चुक्ता पूँजिको दस प्रतिशत सर्वसाधारणका लागि साधारण शेयर निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाद्वारा निर्वाचित नयाँ संचालकहरुलाइ निर्वाचन समितिका संयोजक अधिवक्ता विश्वास आचार्यले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । यसअघि सम्पन्न साधारण सभामा कम्पनिसँग साझेदारी गर्ने उत्कृस्ट कृषक, कृषि सहकारी संस्था, साझेदारी संस्था तथा कर्मचारिहरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा, सुद्दोदन गाउपलिका, रुपन्देहीका उपाध्यक्ष, शान्तादेवी ज्ञवाली, लुम्बिनी- प्रदेश कृषि सहकारी संघ लि. अध्यक्ष, गोपाल पौड्याल, कम्पनिका शेयरधनि तथा पूर्व राजदूत दुर्गेश मान सिंह, शेयर धनि वरिष्ठ उद्यमी गजेन्द्र ब. श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्सुरेन्सका प्रमुख कार्यकारि अधिकृत युगेश भक्त वाडे श्रेष्ठ, र शिखर इन्सुरेन्शका प्रमुख बितिय अधिकृत श्री सुरज राजबाहाक लगायतको उपस्थिति रहेको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्