Shikhar Insurance
National Life

‘श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्छ’ मन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनको लागि सरोकारवालाहरुसँग सल्लाह सुझाव माग गरेको बताउँदै श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरु गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै जाँदा मात्रै रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध बन्ने उल्लेख गर्दै रोजगारदाताहरुले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत बताए ।

उनले श्रमिकले काम गर्ने कार्यस्थलको सुरक्षा र स्वास्थ्यमा पर्ने असरका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताउँदै मुलुकमा रोजगारीको सम्भावना कम भएकाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताए । उनले नेपालमा हरेक वर्ष करिब ५ लाख श्रमिकहरु श्रमबजारमा आएपनि १ लाख भन्दा बढी श्रमिकलाई रोजगारी दिनसक्ने अवस्था नभएको बताए ।

उनले ४ लाख नेपाली श्रमिकहरु हरेक वर्ष बाध्यतात्मक रुपमा वैदेशिक रोजगारीमा जानुपरेको उल्लेख गर्दै भने, ‘सरकारले अहिले श्रम ऐनलाई समय सापेक्ष बनाउने हिसावमा संशोधन गर्ने लागेका छौं । सरकारले स्टेक होल्डरहरुलाई आग्रह गरेका छौं । श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्ने र उद्योग,उत्पादनको क्षेत्रलाई अगाडि बढाउने विषयलाई प्राथमिकता दिएका छौँ । श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै लिएर जाने हो भने रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध र पारिवारिक सम्बन्ध बनाउँछ ।’

कार्यक्रममा विभागले आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभुतिका लागि अनुकरणीय र असल अभ्यास गर्ने हरेक प्रदेशका एक–एक गरी ७ उद्योग तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ ।

जसमा कोशी प्रदेशबाट सूर्य नेपाल प्रालि, मधेस प्रदेशबाट ब्रिटानिया नेपाल प्रालि, वागमती प्रदेशमा युनिलिभर नेपाल प्रालि, गण्डकी प्रदेशबाट सूर्य नेपाल प्रालि, लुम्बीनी प्रदेशबाट राज ब्रुअरी प्रालि,कर्णाली प्रदेशबाट सिद्धार्थ शनि रिसोर्ट र सुदूरपश्चिम प्रदेशबाट वेष्टर्न फिड इ।प्रा।लिलाई विभागले सम्मान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्