Skip to content
Shikhar Insurance
National Life

श्रद्धाञ्जलीका लागि दाहालको पार्थिव शरीर लगियो पेरिसडाँडा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको बुधबार बिहान ६९ वर्षको उमेरमा निधन भएको थियो।

उनको पार्थिव शरीरलाई अस्पतालबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ लगिएको छ। दिउँसो १ बजेसम्म सीताको पार्थिव शरीरलाई पेरिसडाँडामा राखिनेछ।

श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्