Skip to content
Shikhar Insurance
National Life

शौर्य सिमेन्टको क्लिङ्कर भारत निर्यात

Hyundai
NCELL
NIMB

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादन छिमेकी मुलुक भारत तर्फ निर्यातको सुरुवात गरेको छ ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत यहि मंसिर १६  देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा निर्यातको सुरुवात गरेका हुन् ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाे छ । उद्योगले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको  बताएकाे छ ।

२०७८ माघबाट व्यवसायीक उत्पादन गर्दै आएको उद्योगको ३००० मेट्रिक टन क्षमता रहेको छ ।
व्यवसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड र ४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्