Skip to content
Shikhar Insurance
National Life

शुभ लक्ष्मी कोषले ७.५ प्रतिशत लाभांश वितरण गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ सकिएको १५ दिनपछि नै म्युचुअल फण्डले गत वर्षको नाफाबाट इकाईधनीहरूलाई लाभांश (प्रतिफल) वितरण गर्न भएकाे छ ।  शुभ लक्ष्मी फण्डले इकाईधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

लक्ष्मी सनराईज क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

लक्ष्मी सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धन तथा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोष एक खुलामुखी योजना हो । कोषको गत वर्षको लेखा परीक्षण सम्पन्न भएसँगै प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

साथै, प्रतिफल वितरण प्रयोजनको लागि फण्डले साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा साउन १४ गतेसम्म कायम सेयरधनीले मात्रै प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्