Skip to content
Shikhar Insurance
National Life

शुक्लाफाँटामा १ हजार चार सय २५ बिघा जग्गा नापजाँच

Hyundai
NCELL
NIMB

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न एक हजार नौ सय ३० दशमलव ९८ हेक्टर (एक हजार चार सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ । नगरपालिकाको भूमि सेवा केन्द्रका प्रमुख मोहन फुलाराका अनुसार नगरपालिका–१, २, ३, ९ र १२ नम्बर वडामा जग्गा नापजाँच गरिएको हो ।

वडा नं १ मा दुई हजार आठ सय ५० कित्ता जग्गाको तीन सय ५० दशमलव ५८ हेक्टर ९पाँच सय १८ बिघा० नापजाँच गरिएको छ । वडा नं २ मा एक हजार पाँच सय ५० कित्ता जग्गाको एक सय ९४ दशमलव ८३ हेक्टर (दुई सय ८७ विघा) , वडा नं ३ को छ सय ४० कित्ता जग्गाको ९४ दशमलव ३१ हेक्टर (एक सय ३९ विघा), वडा नं ९ को एक हजार एक सय कित्ताको एक सय २६.७७ हेक्टर (एक सय ८७ बिघा) र वडा नं १२ को दुई हजार एक सय ७६ कित्ताको एक सय ९९ हेक्टर (दुई सय ९४ बिघा) जग्गा नापजाँच गरिएको छ ।

वडा नं ५ मा अपूरो जग्गा नापजाँच पूरा गरी ८३ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको शाखा प्रमुख फुलाराले बताए । आयोगले नापजाँच स्थगित गर्दा केही महिनादेखि नापजाँच हुन नसकेको उनले जानकारी दिए । भेरिफिकेसन’ केही पूरा भएको छ उनले भने ‘केही अझै हुन बाँकी छ, नयाँ आयोग गठन भई कार्य सञ्चालन भएमा जग्गा नापजाँचसँगै अधुरा काम पनि अगाडि बढाउछौं ।’

नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन् । बसोबासका लागि निवेदन दिनेमा भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्बासी एक सय ५४ छन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्