Skip to content
Shikhar Insurance
National Life

शुक्रबार मौद्रिक नीति अर्धवार्षिक समीक्षाः बैंकरेट, ब्याजदरदेखि कर्जाका प्रावधान परिवर्तन गरिँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा माघ २७ गते शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिकोे अर्धवार्षिक समीक्षा बैंकरेटदेखि अनुपात्दक क्षेत्र भनिएका कर्जाका प्रवधानहरुमा परिवर्तन गर्दै जारी गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति समीक्षा निर्माणको जिम्मेवारी पाएको केन्द्रीय बैंक आर्थिक अनुसन्धान विभागले मौद्रिक नीति अर्धवार्षिक समीक्षाको अन्तिम खाका गरिसकेको छ । जुन बिहीबार नै उच्च व्यवस्थापनबाट समेत पास भई शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाइएको राष्ट्र उच्च स्रोतले बताएको छ ।

‘टप म्यानेजमेन्ट कमिटिबाट पास भइसक्यो, भोली बिहान ८ बजेलाई बोर्ड बैंठक बोलाइएको छ, बोर्डले पास गरेपछि अर्धवार्षिक समीक्षा सार्वजनिक हुन्छ,’ राष्ट्र बैंक उच्च अधिकारीले सिंहदरबारसँग भन्यो, ‘शुक्रबार २ बजेपछि नै सार्वजनिक हुने सम्भावना प्रवल छ ।’

मौद्रिक नीति अर्धवार्षिक समीक्षामा ब्याजदरलाई प्रभाव पर्ने मौद्रिक उपकरणहरुको रेटमा परिवर्तन गर्ने, बजारमा प्रसस्त तरलता प्रवाह गर्न सहजता अपनाइने तथा अनौपचारीक क्षेत्रमा जाने कर्जाको जोखिम भारित औषत थपघट गरिने र खराब कर्जा अनुपात बढाइने उनको भनाइ छ ।

‘‘बैंक रेट केही थपघट हुनसक्छ भने, सेयर धितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भारित औषतलाई पनि थपघट गर्ने पक्षमा टप म्यानेजमेन्ट कमिटी छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सेयर धितो कर्जाको १२ करोड रुपैयाँको सीमा हटाउने बिषय उठान भएको थियो तर, त्यसमा गभर्नर सा,ब नै सकारात्मक देखिनु भएन, सञ्चालक समितिले के गर्छ हेर्नु बाँकी छ ।’

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अनुत्पादक क्षेत्रको कर्जामा खराब कर्जाको व्यवस्था छुट्टै गरिने उनको भनाइ छ । जसमा हाल भएको कर्जाको वर्गिकरण अनुसार गर्नुपर्ने प्रोभिजनको सीमा बढाइने उनले बताए ।

‘क्षेत्रगत रुपमा एनपीएल छुट्टाछुट्टै गर्ने भनिएको हो, अनुत्पादक क्षेत्रको कर्जामा केही थप हुन सक्छ, कृषि र एसएमईमा एनपीएल बढेको बिषय बैंकर्सहरुले गरेका छन्, त्यो क्षेत्रको कर्जाको निरिक्षणलाई प्रभावकारी बनाएर सोही अनुसार कर्जा प्रवाह गर्ने मोडालिटी बनाइन्छ ।’–राष्ट्र बैंक स्रोतले भन्यो ।

साना तथा मझौला उद्योग क्षेत्र (एसएमइ) का क्षेत्रमा जाने कर्जाको ब्याजदर र सीमालाई कन्ट्रोल गर्ने मेकानिजम मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् गरिने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्