Skip to content
Shikhar Insurance
National Life

शुक्रबार बहुप्रतिक्षित मौद्रिक नीति आउँदै, के आउला प्याकेजमा ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली शुक्रबार बहुप्रतिक्षित मौद्रिक नीति ल्याउने भएको छ । बिहिबार व्यवस्थापन समिति बैठक सकेर शुक्रबार बिहानका लागि सञ्चालक समिति बैठक डाकेको राष्ट्र बैंकले अपरान्ह मौद्रिक नीति ल्याउन लागेको हो । ‘हामी तयारी गरिरहेका छौं, अन्यथा केहि भएन भने भोली मौद्रिक नीति आउँछ तर निश्चित भने भैसकेको छैन’, राष्ट्र बैंक श्रोतले भन्यो ।

यस अघि साउन ११ गते राष्ट्र बैंकले परिपत्र मार्फत अघि सारेको व्यवस्थालाई निरन्तरता दिने गरि मौद्रिक नीति आउने बताइन्छ । राष्ट्र बैंकले वित्तिय स्थायीत्व प्रवद्र्धनका लागि भन्दै असल वर्गमा परेका कर्जाहरुको प्रोभिजनलाई ०.३ प्रतिशतले बढाएर १.३ प्रतिशत बनाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, २०७८ असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकम २०७८ भदौ १५ गते भित्र प्राप्त भएमा त्यस्तो रकमलाई २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्न सकिने सुबिधा दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE