Skip to content
Shikhar Insurance
National Life

शीर मेमोरियल अस्पताल र सिद्धार्थ प्रिमियरबिच क्यासलेस स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल, बनेपा, काभ्रे र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. बिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा बनेपा, काभ्रे स्थित सुविधा सम्पन्न शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल संग आपसि सहकार्य गर्ने सम्झौता गरेको हो ।

सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक एवम् बजार विभाग प्रमुख रामजी ढकाल र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेक्टोर जी. गायेरस ले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा कम्पनीका मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला, बनेपा शाखा प्रमुख राधाकृष्ण श्रेष्ठ तथा कम्पनीका अन्य पदाधिकारीका साथै अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।

यो सँगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. का बीमितले सम्झौता पश्चात अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिनसक्ने छन् । साथै बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा अस्पतालले ५५ देखि १०५ सम्म छुट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्