Skip to content
Shikhar Insurance
National Life

शिवम् सिमेन्टको लापरवाहीले कामदारको मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

Hyundai
NCELL
NIMB

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई ८ः३० बजे मृत घोषणा गरेको हो ।प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ । शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्