Skip to content
Shikhar Insurance
National Life

शिवम् सिमेन्टको नाफा ५६.२१ प्रतिशत घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.८३ गुणा रहेको छ।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE