Skip to content
Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमसो अवार्ड  कम्पनीलाई प्रदान गरिएको हो ।

विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा जीवन तथा निर्जिवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सेलेन्स अवार्ड” प्रदान गरिएको हो । विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरुका साथै निम्न आधारहरुको विश्लेषणमा शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सलेन्स अवार्ड” प्रदान गरिएको हो ।

शिखर इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो । साथै शिखर इन्स्योरेन्स “ए” रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।

कम्पनीले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ र ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान कम्पनीले पु¥याउँदै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्