Skip to content
Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सद्वारा ‘शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमलाई १३ लाख सहयोग

Hyundai
NCELL
NIMB

कैलाली । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख ‘शैक्षिक गुणस्तर सुधार’ कार्यक्रमलाई सहयोग गरेको छ।

उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो । नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि कोषमा उक्त रकम सहयोग गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्