Skip to content
Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सको वार्षिकोत्सवमा कर्मचारीलाई सुनको सिक्का वितरण

Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्षभन्दा बढी समयदेखि कार्यरत ३४ कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरेको छ ।

कम्पनी नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको छ। बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दावी भुक्तानी गरेको छ । २० वर्षको अवधिमा कम्पनीले १ लाख भन्दा बढी दावी भुक्तानी दिएको छ ।

कम्पनीका अनुसार यस कम्पनीले २० वर्षको समयमा आफ्ना सेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान गरेको इतिहास छ । बीमा क्षेत्रमा १ सयभन्दा बढी शाखा संजाल विस्तर गर्ने र ६०० भन्दा अधिका मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी समेत बनेको छ ।शिखर इन्स्योरेन्स २० वर्षको समयमा ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ ।

त्यस्तै, मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित, बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित र नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्