Skip to content
Shikhar Insurance
National Life

शिक्षा र स्वास्थ्यमा १ खर्ब ३९ अर्ब बजेट, विद्यार्थी र ४० वर्ष माथिलाई निशुल्क उपचार

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको लागि १ खर्ब ३९ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ क्षेत्रमा लागि ६९ अर्ब ३८ करोड रुपैयाँ र शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेका हुन् ।

उनले विद्यार्थी र ४० वर्षमाथिका सबै नागरीकलाई सरकारले निशुल्क उपचारको व्यवस्था गर्ने बताएका छन् । साथै, सरकारले ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउने भएको छ। विपन्न परिवारका सुत्केरीलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। यो पोषण कार्यक्रम अन्तर्गत उपलब्ध गराइने छ।

शिक्षक अस्पताल निर्माण अगाडि बढाइने भएको छ। मृगौला रोगीको निशुल्क मृगौला प्रत्यारोपण गरिने र पाठेघरको मुखको क्यान्सरको खोप उपलब्ध गराइने भएको छ।

एम्बुलेन्स सेवालाई एकिकृत प्रणालीमार्फत सञ्चालन गरिने भएको छ। सरकारले स्वास्थ बीमाका लागि सरकारले साढे सात अर्ब रुपैयाँ छुट्याएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE