Shikhar Insurance
National Life

‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’

सिंहदरबार संवाददाता
२०८१ पुष २४, बुधबार १४:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताएका हुन् ।

शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने ‘शान्तिप्रक्रियालाई जटिल मोडमा पुर्‍याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।’ शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा पुर्‍याउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उहाँले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँग छलफल गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । ‘शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ’, उनले भने ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।’

पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवं विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्