Skip to content
Shikhar Insurance
National Life

शाओमीले नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी राख्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले “नयाँ साल–नयाँ नोट” नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले शाओमी फ्यानहरुको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको हो ।

रेड्मी नोट १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ । यस योजना अनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५ जि खरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभ मात्र १ हजार ६ सय ९९ मा वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४ सय ९९ मा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत रेड्मी नोट १३ प्रो को दुबै भेरियन्टहरुमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८ जिबि+२५६ जिबि भेरियन्ट अब नेपाली बजारमा रु ३२,९९९ मा उपलब्ध छ जसको बास्तविक बजार मूल्य ३४ हजार ९ सय ९९ छ । त्यसैगरी १२ जिबि+५१२ भेरियन्ट ३५ हजार ९ सय ९९ मै उपलब्ध छ जसको बजारी मूल्य ३९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ ।

नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“हामी आफ्ना ग्राहकवर्गका लागि अफरहरु अझै लामो समयको लागि उपलब्ध गराउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । चाहे रेड्मी बड्स ४ एक्टिभ को साथ उत्कृष्ट अडियो क्वालिटीको मजा लिन होस् वा रेड्मी वाच ३ एक्टिभ को साथ कनेक्टेड रहन होस्, हामीले हाम्रा ग्राहकहरूको दैनिक जीवन सहज बनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौं ।”

रेड्मी नोट १३ सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ल फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्