काठमाडौं । नेपाल आयल निगमले शनिबार सवारी साधन बन्द गर्न सुझाव दिएको छ । इन्धन खपत कम गर्ने सम्बन्धि १० बुदे सुझाव सरकारलाई बुझाउदै निगमले शनिबार र सार्वजनिक विदाको दिन अत्यावश्यक बाहेकका सवारी साधन पूर्णत: बन्द गर्न सुझाव दिएको हो । निगमले माेटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कारलाई २० लिटर मात्रै इन्धन उपलब्ध गराउन पनि भनेको छ । निगमका कार्यकारी निर्देशक उमेश थानीले देशलाई श्रीलंका बन्नबाट रोक्न इन्धन प्रयोग कम गर्न सुझाव दिएको बताए । उनले सातामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय पनि पून: लागू गर्न पनि सुझाव दिएको बताए ।
शनिबार सवारीसाधन बन्द गरौं, इन्धनमा काेटा तोकौ- निगम

प्रतिक्रिया दिनुहोस्