Skip to content
Shikhar Insurance
National Life

व्यवसायिक रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने, गरे कम्तिमा ५ हजार जरिवाना

Hyundai
NCELL
NIMB

काठमाडौं । अब व्यवसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सोमबार एक सूचना जारी गर्दै व्यवसायिक रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने जनाएको हो ।

कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने विभागले सूचनामार्फत जानकारी दिएको छ ।

त्यसैगरी, आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन उल्लङ्घन गरेको पाइएमा प्रत्येक पटकको अनुगमनमा ५ हजार रुपैयाँ वा कुल रकमको २ प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने विभागले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्