Skip to content
Shikhar Insurance
National Life

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आज (माघ १६ गते) देखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

जसअनुसार प्रति सेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । सोमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको हो ।

उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन १ गतेसम्म आवेदन दिन सकिनेछ । सो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE