Skip to content
Shikhar Insurance
National Life

वैदेशिक रोजगारबाट फर्किएर फलफूल र तरकारी खेतीमा भुसाल, वार्षिक १६ लाखबढी आम्दानी

Hyundai
NCELL
NIMB

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका  युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट ७ लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन्।

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्”, उनले भने, “अहिले घरमै थोकमा ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ।”

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाखभन्दा बढी कमाउने गरेको उनले सुनाए। उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन्। १८ वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन । व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए। तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्