Skip to content
Shikhar Insurance
National Life

वैदिक कालदेखि प्रचलनमा रहेको ॐ शब्द हटाउने कुरा सोच्न पनि सकिँदैनः पूर्वमन्त्री शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वशिक्षामन्त्री दिनानाथ शर्माले वैदिक कालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । आज विज्ञप्ति जारी गर्दै उनले शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन् ।

आफू शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारवाजीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले आफ्नो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन्।

“संघीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृतिजस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव विथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु”, उनले भने।

GBIME

प्रतिक्रिया दिनुहोस्