Skip to content
Shikhar Insurance
National Life

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध ट्स हारेर बलिङको निम्ता पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ट्समा वेस्टइन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले ट्स जितेर पहिला ब्याटिङ रोजेका छन् ।

५ खेलको श्रृङ्खला १–१ को बराबरीमा रहेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्टइन्डिजले १० रनको जित निकालेको थियो । नेपाली टोलीमा अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, विनोद भण्डारी, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम र सागर ढकाल छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तेस्तै वेस्टइन्डिज ‘ए’ मा कप्तान रोस्टन चेजसहित एलिक अथान्जे, फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्लस, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्