Skip to content
Shikhar Insurance
National Life

वृद्ध भत्ता बाँड्न १०९ अर्बले पुगेन, ६ अर्ब २४ करोड थप निकासा दिँदै अर्थ मन्त्रालय

Hyundai
NCELL
NIMB

काठमाडौं । समाजिक सुरक्षा शिर्षक अन्तर्गत वृद्ध भत्ता शिर्षकमा रकम सरकारले छुट्याएको रकम अपुग भएको छ । लाभग्राहिको संख्या बढेसंगै सरकारले विनियोजन गरेको रकम अपुग भएको हो ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले सामाजिक सुरक्षामा रकम अपुग भएको भन्दै थप बजेट माग गरेको छ । पन्जिकरण विभागको थप बजेट माग अर्थ मन्त्रालयले अध्यायन गरि स्वीकृति दिने तयारी गरेको छ । मन्त्रालय स्रोतले भन्यो, “सामाजिक सुरक्षा शिर्षकमा यो वर्स १५७ अर्बले पनि नपुग्ने देखिएको छ, वृद्ध भत्ता शिर्षकमा रकम अपुग भन्दै ६ अर्ब २४ करोडको फाइल आएको थप निकासा दिनै पर्ने देखिन्छ ।”

पुर्व अर्थमन्त्री जनार्दन शर्माले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको निर्देशनमा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तामा सहभागी हुने उमेर ७० वर्षबाट ६८ वर्षमै झारिदिएका थिए । सामाजिक सुरक्षामा राजनितिक प्रतिस्पर्धाले लक्षित वर्गमा नभै धनि वर्गले पनि सामाजिक सुरक्षाको अधिकतम उपयोग गरिरहेका छन् ।

जेष्ठ नागरिक शिर्षकमा भत्ता लिनेहरुको कुल संख्या २० लाख ३७ हजार ५२४ जना पुगेका छन् । जुन संख्या २ वर्ष अघिसम्म १४ लाख हाराहारिमा थिए । सरकारले हाल ११ शिर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । जसमा कुल ३८ लाख १८ हनार ३५० जना सहभागी छन् ।

सामाजिक सुरक्षा शिर्षकमा वैज्ञानिक वितरण नहुदाँ राज्यलाई ठूलो दायित्व बढ्दै गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्