काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैयाँले वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत वृद्ध भत्ता एक हजार रुपैयाँले बढाएर मासिक ४ हजार पुर्याएका हुन् । त्यस्तै अब सबै खाले समाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि सरकारले एक खर्ब रुपैयाँ विनियोजन गरेको छ ।
वृद्ध भत्ता एक हजार बढ्यो, सामाजिक सुरक्षा भत्ताहरु ३३ प्रतिशतले बढे

प्रतिक्रिया दिनुहोस्