Shikhar Insurance
National Life

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १०:३८
Hyundai
NCELL
NIMB

पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको हो ।

सो अवधिमाराजस्व सङ्कलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो । गत आवको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवको पाँच महिनाको अवधिमा १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार तीन सय ४५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्वको आधारमा भने १२.५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ । यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमश: पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्