Skip to content
Shikhar Insurance
National Life

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलले सञ्चालन गर्यो प्रशिक्षण कार्यक्रम

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । क्यापिटलले मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा कात्तिक ८ गते र कात्तिक ९ गते कार्यक्रम सम्पन्न गरेको हो ।

दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेकी थिइन् । उक्त कार्यक्रममा पूजीँ बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारेका थिए ।

साथै, लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग—आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपिओ भर्दा पुर्‍याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्