Skip to content
Shikhar Insurance
National Life

विश्व कप क्रिकेट उपाधीका लागि भारत र अष्ट्रेलिया भिड्दै

Hyundai
NCELL
NIMB

काठमाडौं श्र आईसीसी विश्व कप क्रिकेट उपाधीका लागि भारत र अष्ट्रेलिया भिड्दै छन् । अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो २ः१५ बजेदेखि सुरु हुने फाइनलमा विश्व क्रिकेटका दुई चिर प्रतिष्पर्धी भारत र अष्ट्रेलियाबीच भिडन्त हुनेछ ।

भारतले लगातार १० खेल नै जितेर तेश्रो पटक विश्व च्याम्पियन बन्ने बाटो समातेको हो भने अष्ट्रेलिया पनि १० मध्ये ७ खेल जितेर छैठौं उपाधीका लागि फाइनल यात्रा तय गरेको थियो । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एक दिवसीय विश्वकपको फाइनलमा स्थान बनाउँदा अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भिडन्ट पक्का गरेको हो ।

अष्ट्रेलिया विश्वकप क्रिकेटको सर्वाधिक सफल टिम हो । यसअघि सन् २००३ मा भारत र अष्ट्रेलियाका बीचमा उपाधी भिडन्त भएको थियो जसमा अष्ट्रलेलियाले बाजी मारेको थियो । अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्