Skip to content
Shikhar Insurance
National Life

विश्व इतिहासमा आजः संसारकै पहिलो कृत्रिम स्याटलाइट लन्चदेखि जुलियन क्यालेन्डरको अन्तिम दिन

Hyundai
NCELL
NIMB

आज विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटनाः

मोजाम्बियाको गृहयुद्ध समाप्त
सन् १९९२ मोजाम्वियाको गृहयुद्ध अन्त्य भएको थियो । मोजाम्विक रेसिस्टेन्स मुभमेन्ट र मोजाम्विकको सरकारबीच १५ वर्ष लामो गृहयुद्ध भएको थियो । सन् १९७७ मा सुरु भएको सो युद्धमा ठूलो जनधनको क्षति भएको थियो । रोम शान्ति सम्झौतापछि युद्ध समाप्त भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लेसोथोको स्वतन्त्र
सन् १९६६ मा अफ्रिकी मुलुक लेसोथो बेलायतबाट स्वतन्त्र भएको थियो ।

संसारकै पहिलो कृत्रिम स्याटलाइट लन्च
सन् १९५७ मा संसारकै पहिलो कृत्रिम स्याटलाइट लच्न गरिएको थियो । सोभियत युनियनले कृत्रिम स्याटलाइट स्पुतनिकलाई काजकस्तानबाट लन्च गरेको थियो । स्पतुनिकको सफलतासँगै अन्तरिक्ष उडानमा सोभियत संघ र अमेरिकाबीच होड चलेको थियो ।

अमेरिकामा गल्फ खेलको सुरुवात
४ अक्टोबर सन् १८९५ देखि अमेरिकामा गल्फ खेल सुरु भएको थियो । पहिलो पटक रोदे टापुको न्युपोर्टस्थित न्युपोर्ट कन्ट्री क्लबमा गल्फ खेलिएको थियो । अहिले पनि हरेक वर्ष अमेरिकामा यो प्रतियोगिता हुन्छ ।

जुलियन क्यालेन्डरको अन्तिम दिन
४ अक्टोबर सन् १५८२ मा नै जुलियन क्यालेन्डरको अन्तिम दिन रहन पुगेको थियो । ५ अक्टोबरदेखि पोल्यान्ड, इटाली, पोर्चुगल र स्पेनमा पोप ग्रेगरी १३औँ को आदेशअनुसार जर्जियाली क्यालेन्डर प्रयोगमा आएको थियो । क्यालेन्डरका कारण केही दिन ‘ल्याप्स’ भएका थिए । जस्तैः ४ अक्टोबरपछि एकै पटक १५ अक्टोबर गणना गरिएको थियो । अहिले सबैभन्दा धेरै प्रयोग हुने पनि जर्जियन क्यालेन्डर नै हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्