Skip to content
Shikhar Insurance
National Life

विश्वसनीय र स्रोत सुनिश्चित भएको बजेट आउनु पर्छ : डा खतिवडा

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेट र संसदको साख जोगाउने गरी विश्वसनीय र स्रोतको सुनिश्चितता
भएको बजेट ल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै डा.खतिवडाले यस्तो सुझाव दिएका हुन् ।

पूर्वअर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउन सल्लाह दिँदै भने, ‘पुर्व अर्थमन्त्रीलाई राजश्व बढ्दैन भन्ने थाहा हुँदा हुँदै लक्ष्य १४२२ पु¥याउनै प¥यो त्यो कारणले बढाई दिउ भनेर वेस नै इन्फेण्ड गरेर सबै राजश्वको आधार बनाएकाले अहिलेका अर्थमन्त्रीलाई टाउको दुखाई भयो, यस्तो नहोस् ।’

उनले यदि बजेटमा थपघट गर्नुपर्ने भए संसदमा पूरक बजेट पेश गरेर मात्रै लागू गर्नुपर्ने तर्क गर्दै भने, ‘अर्धवार्षिक समिक्षामा १० प्रतिशत भन्दा बढीका हिसाबले कटौती गर्नु वा राजश्व घटाउनुपर्ने स्थितिमा नजाऔं । यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेश गरेर मात्रै लागू गरौं ।’

संसदले पास गरेको विनियोजन ऐन, संसदले पास गरेको बजेट र त्यसको आधारमा तय भएका राजश्वलाई ठूलो अनुपातमा घटाउँदै जाँदा कानूनको पद्धति, सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको साख गिर्ने खतिवडाको मत रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्