Skip to content
Shikhar Insurance
National Life

विश्वविद्यालयहरुले शिक्षा दिए तर सिप दिएनन्ः अध्यक्ष पराजुली

Hyundai
NCELL
NIMB

काठमाडौं । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विश्वविद्यालयहरुले शिक्षा दिए पनि शिप भने नदिएको कटाक्ष गरेका छन् । नयाँ वर्ष २०८० को शुभकामना तथा स्ववियुमा निर्वाचित संगठनका नेताहरुको सम्मानका लागि आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले नेपालका विश्वविद्यालयहरुले विद्यार्थीहरुलाई शिक्षा दिए पनि शिप भने दिन नसकेको आरोप लगाएका हुन् । ‘हाम्रा विश्वविद्यालयहरुले विद्यार्थीलाई शिक्षा दिए, सर्टिफिकेट दिए तर शिप दिन सकेनन्, यस्तो शिक्षाले देशको विकास सम्भव हुन्न’, अध्यक्ष पराजुलीले भने ।

उनले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तनको खाँचो रहेकोमा पनि जोड दिए । माटो सुहाउँदो र विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने वैज्ञानिक तथा शिपमुलक शिक्षा आजको आवश्यकता भएको उनको भनाई थियो ।
उनले विश्वविद्यालयहरुलाई सेन्टर फर एक्सिलेन्सका रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिए ।

भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठनले राम्रो नतिजा ल्याएको दावी पनि उनले गरे । स्ववियु चुनाबले केपी ओलीको मुखुण्डो उतारेको निष्कर्ष पनि उनले सुनाए । अनेरास्ववियू नेकपा(एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्